अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश सभामुखको निर्वाचन पुस २९ गते

बागमती प्रदेश सभामुखको निर्वाचन पुस २९ गते


हेटौँडा – बागमती प्रदेश सभाका सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको चयनका लागि यही पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

यस्तै, बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।