अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर अस्पतालबाट हामफालेर युवक घाइते

कीर्तिपुर अस्पतालबाट हामफालेर युवक घाइते


काठमाडौं-कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक जना युवक घाइते भएका छन्। सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते हुनुभएको हो।

रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यही क्रममा उहाँले अस्पतालको तेस्रो तलाबाट हामफाल्नुभएको थियो ।

उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ। उहाँले अस्पतालबाट किन हामफाल्नुभएको हो भन्ने कारण खुलेको छैन।