अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु

झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु


झापा-झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–२, त्रिमार्गचोकमा अटो रिक्साको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो ।

हिजो साँझ करिब सवा ६ बजे मे१ह ७१५३ नम्बरको रिक्साले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका स्थानीय अन्दाजी ६० वर्षीय रविलाल दनुवारको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।