काठमाडौं-पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिबद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।
काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । खेलाडीले टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको छ । खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।
प्रतिक्रिया