अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं-काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बा४४प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुकी दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार दुई जना भने सकुशल रहेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।