अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको पोलिटब्युरो बैठक: रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग

नेकपा एसको पोलिटब्युरो बैठक: रामकुमारीदेखि मुकुन्द न्यौपानेसम्मलाई कारबाहीको माग


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जनामाथि कारबाही गर्नुपर्ने माग गरिएको छ।

सोमबारबाट जारी सो पार्टीको मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा नेताहरूले यस्तो माग गरेका हुन् ।

मंसिर ४ को निर्वाचनमा भोट हाल्न नजाने १२० जनजाति केन्द्रीय सदस्यसहित नेता मुकुन्द न्यौपाने र सचिव रामकुमारी झाँक्रीमाथि कारबाही गर्नुपर्छ भन्ने धारणा नेताहरूले राखेका एक स्रोतले जनाएको हो । स्रोतका अनुसार भोट हाल्न नजाने नेतामाथि छानबिन हुनुपर्छ र तत्काल कारबाहीको माग गरेको छ ।

नेता न्यौपाने र सचिव झाँक्रीले फरक पार्टीको पैरवी गरेकाले उनीहरूमाथि कारबाही हुनुपर्ने माग उठेको हो। पार्टीका जिम्मेवार कतिपय नेताहरूले आफूअनुकुल गुटबन्दी गर्ने गरेकाले उनीहरूमाथि समेत छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठेको पोलिटब्युरो सदस्य दिलु पन्तले बताउनु भयो।