अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शीतलहरले सप्तरीसहित मध्यतराईको जनजीवन कष्टकर

शीतलहरले सप्तरीसहित मध्यतराईको जनजीवन कष्टकर


सप्तरी – शीतलहरका कारण मध्यतराईका जिल्लाहरूकाे जनजीवन कष्टकर बनेको छ । एक हप्तायता  चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ ।

स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने विद्यालय, कलेजमा विद्यार्थीको उपस्थिति न्यून छ । शीतलहरकै कारण कतिपय विद्यालय बन्द भइसकेका छन् ।

बाक्लो कुहिरो र शीतलहरका कारण सवारीसाधान पनि कम चलिरहेका छन् । चलेको सवारीसाधनमा पनि यात्रुक‍ो भिडभाड छैन् ।चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न नसकेको राजविराज-२ की गुल्सन खातुनले बताउनुभयाे ।

विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको छ । शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको सरकारले बताइरहे पनि व्यवहारमा देखिएकाे छैन ।