अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ।

समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल गर्न अध्यक्ष ‌ओली बालुवाटार पुग्नुभएको हो।

अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता भएको हो । सरकारले लिन लागेको बिश्वासको मत, मन्त्रालय बाँडफाँट र प्रदेशको मुख्यमन्त्रीको बिषयमा दुई नेताबीच छलफल भएको छ । प्रदेश प्रमुखले धमाधम मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको हो ।

दुई नेताबीच यसअघि नै चारवटा मुख्यमन्त्री एमाले, दुई माओवादी र एक जसपा र नागरिक उन्मुक्तिबीच आलोपालो गर्ने प्रारम्भिक सहमति भएको थियो । तर केही दिनयता राप्रपा र नागरिक उन्मुक्तिले पनि मुख्यमन्त्री दावी गरेपछि सहमति हुन हुन सकिरहेकाे छैन ।

यसअघिको सहमतिमा एमालेले प्रदेश १, गण्डकी, कर्णाली तथा बागमति र लुम्बिनीमध्ये एक प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको थियो । यस्तै माओवादीले सुदुरपश्चिम प्रदेश र लुम्बिनी वा बागमतिमध्ये एक गरी दुई र मधेश प्रदेशमा जसपा र नागरिक उन्मिुक्तिले आलोपालो मुख्यमन्त्री लिने सहमति भएको थियो । तर बागमतिमा राप्रपाले समेत दावी गरेको छ ।

आजको छलफलमा यी सवै बिषयलाई कसरी मिलाएर लैजाने भन्ने बिषयमा छलफल भएको छ । छलफलमा सत्ता गठबन्धनका सवै नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढने निश्कर्ष निकालिएको छ ।