काठमाडौँ-नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि नै बिदामा बसेका उहाँले यही २० गतेदेखि अवकाशमा पाउने भएको थियो ।
उहाँको अवकाश हुने अवस्थामा सैनिक मुख्यालय जङ्गी अड्डाले पक्राउ गरेको हो । उहाँमाथि अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको सैनिक मुख्यालयले जनाएको छ ।
आफ्नो जन्म मितिमा कीर्ते गरी एक वर्षअगाडि नै अवकाशमा जान लागेको भन्दै पक्राउ गरिएको हो । उहाँलाई नियन्त्रणमा लिएसँगै स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पताल लगिएको छ ।





प्रतिक्रिया