अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेस प्रदेशको दलको नेतामा सरोज यादव

एमाले मधेस प्रदेशको दलको नेतामा सरोज यादव


जनकपुरधाम – नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ ।

मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा बसेको बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो ।

पार्टीका सचिव रधुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुली कुमारी महतो तथा नवगठित सरकारका विना विभागीय मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा सहमतिमै दलको नेतामा महोत्तरी ४(१) बाट निर्वाचित यादवलार्ई दलको नेतामा चयन गरिएको हो ।

मधेस प्रदेशमा २३ सांसद सहित एमाले पहिलो पार्टी रहेको छ ।