अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विचार मिल्नेहरूसँग एकता गर्छौं: माधव नेपाल

विचार मिल्नेहरूसँग एकता गर्छौं: माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने बताउनु भएको छ ।

आज काठमाडौंमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यसका लागि विभिन्न पार्टीहरूसँग कुराकानी भइरहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘विचार मिल्नेहरूसँग एकता पनि गर्नेछौं। हामी मोर्चा पनि बनाउनेछौं । एकताबद्ध हुनसक्नेसँग एकता गर्नेछौं । विचार, सिद्धान्त, विधि र आचरण मिल्नेहरूसँग हामी मिलेर जानेछौँ ।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यो कुरालाई अन्य राजनीतिक दलहरूले पनि आत्मसात् गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको मात्रै होइन, अहिले पनि हाम्रो महत्त्व उतिकै छ । त्यही भएर अहिले पनि हामीसँग छलफल गरिरहेका छन् ।’