अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।  

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ। बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैहुनुहुन्छ।

एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।