अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश सभा सभामुखको निर्वाचन २९ गते

बागमती प्रदेश सभा सभामुखको निर्वाचन २९ गते


हेटाैँडा – बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनका लागि आगामी पुस २९ गते मिति निर्धारण गरेको थियो। सोही अनुसारको निर्वाचन तालिका सार्वजनिक गरिएको हो। 

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नुपर्ने प्रावधान छ।

प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचन कार्यक्रमको सार्वजनिक गरिएको हो ।

पुस २८ गते बिहीबारका लागि मनोनय दर्ता गरिने र सोही दिन बागमती प्रदेश सभा १०ः३० देखि २ः०० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिने छ। सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। यसैगरी पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।