काठमाडौं – सत्ता गठबन्धनका पाँच नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेसँगै गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।
बुधबार अपरान्ह वार्ताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।
प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन्। तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाउनेबारे अहिलेसम्म निर्णय लिएका छैनन्।







प्रतिक्रिया