अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौं – सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ ।

उहाँहरूबीच मन्त्रिमण्डल विस्तार, सरकारका साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

उहाँले विश्वासको मत अगाडि दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहनु भएको छ । प्रधानमन्त्री प्रचण्डले बुधबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

विश्वासको मत लिनुअघि सरकारको न्यूनतम् साझा कार्यक्रम घोषणा गर्ने सत्ता साझेदार दलहरूको तयारी छ।