अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा भोलि टुंग्याइने

सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा भोलि टुंग्याइने


काठमाडौं – सत्ता साझेदार दलले सरकारका साझा कार्यक्रमको मस्यौदा भोलि (बिहीबार) टुंग्याउने भएका छन्।

आज बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले भोलि सरकारका साझा कार्यक्रमको मस्यौदा तयार पार्ने समझदारी गरेको गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिनुभयो ।

बैठकमा सरकारको काम, साझा कार्यक्रमको मस्यौदा, सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल भएको लामिछानेले बताउनु भयो ।

सरकारको कामकारबाहीसँगै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो। सत्ता साझेदार दलहरुबीच मन्त्रालय फुटाउने बिषयका कुनै छलफल नै नभएको र त्यस्तो सोच गठबन्धनमा नभएको लामिछानेको भनाइ छ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने उहाँले बताउनु भयो ।

बैठकमा प्रदेश सरकार लगाएतका अन्य विषयमा प्याकेजमै सहमति खोज्ने गरी अनौपचारिक छलफल भइरहेको पनि लामिछानेले बताउनुभयो ।