काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताउनु भएको छ। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन ।’
यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छु ।’
मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उहाँले बताउनु भयो । यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ।






प्रतिक्रिया