अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वीकृतिबिना संघसंस्थालाई विद्यालय प्रवेश गर्न नदेऊ : काठमाडौँ महानगर

स्वीकृतिबिना संघसंस्थालाई विद्यालय प्रवेश गर्न नदेऊ : काठमाडौँ महानगर


काठमाडौँ – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरूलाई शिक्षा विभागको स्वीकृतिविना कुनै पनि संस्थालाई विद्यालयमा प्रवेश नगराउन निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले परिपत्र जारी गरेर धार्मिक संगठन, मानवअधिकार आयोग, बालअधिकार, एनजिओ, आइएनजिओले चन्दाका नाममा शिक्षक तथा विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग मागेर दु:ख दिएको भन्दै यस्तो निर्देशन दिएको हो।

‘विद्यालय तथा शिक्षक,विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीहरूलाई अमर्यादित व्यवहार गर्ने एवं विद्यार्थीहरूलाई अवाञ्छित गतिविधिका लागि उक्साउने क्रियाकलाप हुने गरेको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएको छ’, परिपत्रमा उल्लेख छ।

शिक्षा विभागले कसैलाई आमन्त्रण गर्नुपर्ने भए विभागलाई पूर्व जानकारी गराएर मात्र प्रवेश गराउन भनेको छ।