सुनस । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ। कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताउनुभयो ।
किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो। उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए। उनी घरबाट लौकही गएको र हराएका थिए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ।







प्रतिक्रिया