अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित

होटल व्यवसायी महासंघको अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित


काठमाडौं-होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा दिनेशकुमार चुके निर्वाचित हुनुभएको छ । चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चितवनका चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले नारायणगढमा होटल गंगोत्री सञ्चालन गरिरहनुभएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन)उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की र देवी गौतम, महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित हुनुभएको छ ।

सचिवमा राजु अधिकारी, कमलबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदीपकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।