अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य एक सातामै २२ सयले बढ्यो

सुनको मूल्य एक सातामै २२ सयले बढ्यो


काठमाडौं-स्थानीय बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । आज सुनको मूल्य बढेर एक लाख तीन हजार १०० रुपैयाँ कायम भएको हो ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य दुई हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ थियो । त्यसयताका दिन सुनको मूल्य लगातार बढेको छ । बुधबार सुन प्रतितोला एक लाख दुई हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा तेजाबी सुन प्रतितोला २०० रुपैयाँ बढेको हो ।