अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा पुस २७ गते साँझसम्म सरकार गठनका लागि आह्वान

कर्णालीमा पुस २७ गते साँझसम्म सरकार गठनका लागि आह्वान


काठमाडौं – कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

आज प्रदेश प्रमुख कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पुस २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ। कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा त्यसभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ।

कर्णाली प्रदेशमा ४० जना सांसहरुमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १/१ र एक जना स्वतन्त्र सांसद रहेका छन्। सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ।