अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल बंगलादेश प्रस्थान


काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गर्नुभएको छ ।

बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट अतिथिका रुपमा सहभागी हुन उहाँ आज दिउँसो १ बजे ढाका प्रस्थान गर्नुभएको हो ।

उहाँले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेता पोखरेलसँगै नेकपा (एमाले) विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि महाधिवेशनमा सहभागी हुनेछन्।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल दुई दिनपछि नेपाल फर्कनुहुनेछ ।