काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा गठन भएको वार्ता समितिलाई दिएको छ ।
हालै सम्पन्न पार्टीको राजनीतिक समितिले विभिन्न दल/संगठनसँग एकता, सहकार्य तथा गठबन्धनसबन्धी वार्ताका गर्नका लागि नेता श्रेष्ठको संयोजकत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको छ । सो समितिलाई सरकारले बनाउने साझा न्युनतम कार्यक्रम निर्माणका लागि पार्टीबाट सहभागी गराएको हो ।
न्युनतम साझा कार्यक्रम बनाउनका लागि आज गठबन्धनको बैठक बसेको छ । सो बैठकमा समितिको तर्फबाट रकम चेम्जोङलार्य पठाइएको छ






प्रतिक्रिया