अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा पुस २५ भित्र सरकार गठन गर्न आह्वान

गण्डकीमा पुस २५ भित्र सरकार गठन गर्न आह्वान


कास्की – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले सोही धाराको उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ। यसअघि बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकार गठनका लागि आह्वान गरिएको छ।