काठमाडौं-गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसँग जोडेर सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शुक्रबार छलफल हुँदैछ ।
लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्चमा रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि लामिछानेलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उहाँ गृहमन्त्रीमा नुयुक्त भइसक्नुभएको छ ।
नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको थियो । अमेरिकी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट पनि बनाएको उहाँमाथि आरोप छ ।






प्रतिक्रिया