जनकपुरधाम – नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने बताउनु भएको छ ।
सचिव महासेठले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने दलहरूसँग मिलेर मधेस प्रदेशमा पनि सरकार गठन गर्ने र सम्भवतः २८ गते मुख्यमन्त्री चयन गरिसक्ने बताउनु भयो ।
प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेले मुख्यमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने प्रश्नमा उहाँले सो सन्दर्भमा अहिले छलफल भइरहेको बताउनु भयो ।
सचिव महासेठले नयाँ सरकार गठनमा सहयोग गर्ने क्रियाशील पार्टीहरू जनमत, जसपा नेपाल, राप्रपा, माओवादी केन्द्रसँग कै सहमतिमा मधेस प्रदेशमा सरकार गठन हुने बताउनु भयो । उहाँले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत लिइसकेपछि मधेस प्रदेशसहित सातै प्रदेशका सरकार गठनको निर्धारण हुने बताउनु भयो ।
मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेको प्रत्यक्ष र समानुपातिक गरी कुल २३, नेपाली काँग्रेसको २२, जसपा नेपालको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र स्वतन्त्र तर्फ ६ सांसद रहेको छ ।







प्रतिक्रिया