अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान


जनकपुरधाम – मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नयाँ सरकारका लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ। ​

मधेशमा १०७ जना प्रदेशसभा सदस्य छन्। सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ।

प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्।​

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९-९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १-१ र पाँच स्वतन्त्र सांसद छन् ।

हेर्नुस् विज्ञप्ति