अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव

सर्वदलीय बैठक : सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव


काठमाडौं – सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभएकाे छ ।  

संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदै छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।