काठमाडौं -उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी निरीक्षकको नेतृत्वमा भएको आफ्नो सुरक्षादस्ता घटाएर प्रहरी नायब निरीक्षकको नेतृत्वमा सुरक्षा दस्ता खटाउने हुनु भएको छ । लामिछानेले गृहमन्त्रीलाई शसस्त्र प्रहरीको पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाउने निर्णय गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आजै देखि आफ्नो सुरक्षा दस्ता विशेष अवस्था बाहेक हटाएको जानकारी दिनुभएको छ ।
यसअघि गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षक रहने गरेकामा लामिछानेले सईको नेतृत्वमा सुरक्षाकर्मी राख्ने हुनुभएको हो ।
मन्त्री लामिछानेले ट्राफिक नियमको पूर्ण पालना गर्ने र साइरन बजाउँदै ट्राफिक लाइटमा पनि नहिड्ने उल्लेख गर्नुभएको छ । कुनै अकाट्य परिस्थिति आइपर्दा बाहेक आफ्नो कार्यकाल भरी नै यो नियम पालना गर्ने लामिछानेको घोषणा छ। आकस्मिक अवस्थामा बाहेक साइरन बजाउँदै नागरिकलाई उछिनेर नहिँड्ने रविले सामाजिक सञ्जालमार्फत प्रतिवद्धता जनाएका छन्।
यस्तै, व्यक्तिगत कामका लागि र बिदाका दिनमा आफ्नो निजी सवारी नै प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नै परे पनि राज्यलाई त्यसको हिसाव बुझाउने लामछिानेको प्रतिवद्धता छ।
‘नागरिकलाई सुरक्षित महसुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा म मात्र उच्च सुरक्षामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्ने यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमान्दारिताकासाथ पूरा गर्ने छु’, गृहमन्त्री लामिछानेले उल्लेख गर्नुभएको छ ।






प्रतिक्रिया