अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय अभ्यासका बारेमा एमालेका साँसदहरुलाई आज यी चार विषयमा प्रशिक्षण दिइने

संसदीय अभ्यासका बारेमा एमालेका साँसदहरुलाई आज यी चार विषयमा प्रशिक्षण दिइने


काठमाडौं -नेकपा एमालेले संघीय साँसदका नवनिर्वाचित साँसदहरुलाई आज संसदमा निर्वाह गर्नुपर्ने भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा प्रशिक्षण दिने भएको छ । पार्टी संसदीय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न पाँचवटा विषयमा विज्ञहरुबाट प्रशिक्षण दिइने विभाग प्रमुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिनुभयो । तुम्बाहाम्फेका अनुसार नयाँ साँसदहरुलाई संसद बैठकमा कसरी प्रष्तुत हुने विषयमा तयारी गराउनका लागि यो प्रशिक्षण आयोजना गरिएको हो ।
दिउसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आयोजना हुने कार्यक्रममा संसद सचिवालय र साँसदहरुको अन्तरसम्बन्धका बारेमा संसद सचिवालयका सचिव सुदर्शन खड्काले प्रशिक्षण दिनुहुनेछ ।

यसैगरी कानुन तर्जुमा प्रक्रियामा साँसदहरुको भूमिकाको विषयमा पूर्व कानुन मन्त्री माधव पौडेलले प्रशिक्षण दिने कार्यसुची छ । यसैगरी संसदीय समितीको प्रभावकारिता र साँसदहरुको भूमिका विषयमा प्रशासनविद्ध काशीराज दाहालले प्रशिक्षण दिनुहुनेछ । यसैगरी भौतिक तथा मानवीय विकासमा साँसदहरुको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पूर्व सचिव शिशिर ढुंगानाले प्रशिक्षण दिने कार्यक्रम छ ।
कार्यक्रमको उद्घाटनमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले साँसदहरुले संसद बैठक र संसदीय समितीका बैठकमा प्रष्तुत हुँदा पार्टीका एजेण्डामा आधारित भएर प्रष्तुत हुन निर्देशन दिनुहुनेछ ।