अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जनसंगठन सुधारका लागि दुई दिने कार्यशाला गर्ने

एमालेले जनसंगठन सुधारका लागि दुई दिने कार्यशाला गर्ने


काठमाडौं -निर्वाचनपछि सुस्ताएका नेकपा एमालेका जनसंगठनलाई थप जिम्मेवारी सहित पार्टीले काममा फर्काउने भएको छ । त्यसका लागि आइतबार र सोमबार धुलिखेलमा जनसंगठन सुदृढिकरण आवासीय कार्यशालाको आयोजना गरिएको छ ।
पार्टीको स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र विभागका प्रमुख भानुभक्त ढकालका अनुसार २३ वटै जनसंगठनबाट पाँच जनाका दरले सहभागी गराएर बदलिंदो परिवेशमा कुन जनसंगठनले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने भन्ने विषयमा जानकारी दिइने छ । ‘लोकतन्त्र स्थापना र राजनीतिक आन्दोलनमा हाम्रा जनसंगठनको भूमिका महत्वपूर्ण रह्यो तर अब परिस्थिती बदलिएको छ ’ ढकालले भन्नुभयो ‘अब हामीले बोक्नु पर्ने एजेण्डा के हुन् र निर्वाह गर्नुपर्ने विषयगत भूमिका के हो भन्ने विषयमा कार्यशालामा जानकारी गराइनेछ ।’
कार्यशालाको उद्ध्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । कार्यशालाको अवधारणा पत्र प्रमुख ढकालले प्रष्तुत गर्ने कार्यक्रम छ । यस अघि नै विभागले हरेक जनसंगठनलाई उनीहरुले निर्वाह गरेका भूमिकाका बारेमा पाँचवटा लिखित प्रश्न सोधेर पठाएको छ । ति प्रश्नको उत्तर बैठकबाट माइन्यूट गरेर ल्याउन भनिएको छ । हरेक जनसंख्गठनले आफूले उत्कृष्ट काम गरेका ति कामहरु कार्यशालामा प्रष्तुत गर्नेछन् । कार्यशालालाई उपाध्यक्ष एवं उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले सम्बोधन गर्नुहुनेछ । यसैगरी सहभागीहरुले छलफलका क्रममा उठाएका विषय र जिज्ञासाहरुलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी रहेको ढकालले जानकारी दिनुभयो ।
कार्यशालामा जनसंगठनका भद्धा स्वरुपलाई कसरी घटाउने,महाधिवेशन गर्न नसकेका जनसंगठनलाई कहिले महाधिवेशन गर्ने आदि जस्ता विषयमा पनि छलफल हुने छ ।