अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ । यी दुई दलबीच चुनावताका नै एकता गर्ने गरी छलफल भएको थियो ।