अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपुर ठिमीमा लडेर एक महिलाको मृत्यु

मध्यपुर ठिमीमा लडेर एक महिलाको मृत्यु


काठमाडौं – भक्तपुरमा लडेर एक जना महिलाको मृत्यु भएको छ ।  मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ललितपुर गोदावरी नगरपालिका-१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो । शनिबार बिहान ११ बजे घरमा लडेर उनी घाइते भएकी थिइन् ।

घाइते भएकी उनलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्‍याएका थिए । ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।