काठमाडौं-नेकपा माओवादी केन्द्रसँग एकताको तयारी थालेको नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक समिति बैठक बोलाएको छ । आज विहान ११ बजे बस्ने बैठकमा पार्टी एकता लगायतका विषयमा छलफल हुने छ ।
सो पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने बताउनुभयो ।
नेसपाले एकताका लागि वार्ता टोली पनि गठन गर्ने छ । यसअघि सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै एकताका लागि पहल गर्ने बताउनुभएको थियो । माओवादीले शनिबार नै वार्ता टोली गठन गरेको छ ।
पाण्डेले समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुनेछ ।






प्रतिक्रिया