अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


सप्तरी-सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरको पछाडि दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा८९प ३२१५ र प्रदेश १ ०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल गए राति करिब पौने २ बजे बिग्रिएर रोकिराखेको स१ख ९२८ नम्बरको टिपरमा ठोक्किएका थिए ।

मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।