अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो


काठमाडौं-नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

गत शुक्रबार १ लाख २ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजवी सुन १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।