अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मतका लागि नेपाल र उपेन्द्र यादव सकारात्मक हुनुहुन्छ: प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतका लागि नेपाल र उपेन्द्र यादव सकारात्मक हुनुहुन्छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा सकारात्मक भएको बताउनुभएको छ ।

आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भन्नुभयो, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदै हुनुहुन्छ ।