अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, शंका गर्नै पर्दैन : अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ, शंका गर्नै पर्दैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने बताउनुभएकोछ ।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन । प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैहुनुहुन्छ । तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।’