अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी


​​​​​​​काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ ।

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको छ ।

जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो।