अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति हुनुभएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले आज एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गर्नुभएको थियो । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसक्नुभएको छ ।