अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातवटै प्रदेशका मुख्यमन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक

सातवटै प्रदेशका मुख्यमन्त्रीको टुंगो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक


काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलको बैठक सुरु भएको छ।

प्रदेश सरकार निर्माणको समय आइसकेपछि सहमति जुटाउन सात दलको बैठक बसेको हो। यो बैठकले सातै प्रदेश प्रमुख र मुख्यमन्त्रीको बाँडफाँट सकेसम्म आजै टुंगो लगाउने तयारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकबाट ७ वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भएको छ। 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सहभागी हुनुहुन्छ। तर बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने पुगेका छैनन्। 

आइतबार प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसक्नुभएको छ ।