अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले अन्य दलसँग विश्वासको मत माग्ने तयारी

रास्वपाले अन्य दलसँग विश्वासको मत माग्ने तयारी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनका लागि अन्य दललाई आग्रह गर्ने भएको छ।

पार्टीको आज बसेको संसदीय दलको बैठकमा आफू पनि सरकारमा भएका कारण यो सरकारलाई विश्वासको मत दिन अन्य दललाई आग्रह गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरु पनि सरकारमा भएकाले विश्वासको मत माग्नु हाम्रो पनि जिम्मेवारी हो भन्ने कुरा बैठकमा भयो । हामीले अन्य दलसँग विश्वासको मत माग्ने छौं ।’

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

बैठकमा पार्टीका सभापति रवि लामिछानेले न्युनतम साझा कार्यक्रममा बारेमा जानकारी दिनुभएको थियो ।