अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन बैठक : चार प्रदेशमा एमालेका मुख्यमन्त्री,दुईवटामा माओवादी, मधेसमा समाजवादी

गठबन्धन बैठक : चार प्रदेशमा एमालेका मुख्यमन्त्री,दुईवटामा माओवादी, मधेसमा समाजवादी


काठमाडौं -नेकपा एमालेले चारवटा प्रदेशमा प्रदेश सरकारको नेतृत्व पाउने भएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । जस अनुसार एमालेले प्रदेश नं १,बागमती,लुम्बिनी,गण्डकी र सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनेछ । माओवादीले कर्णाली र जसपा र जनतम पार्टीले मधेस प्रदेशमा आलोपालो नेतृत्व गर्ने भएका छन् । बागमती र सुदुरपश्चिम प्रदेशमा एमाले र माओवादीले आलोपालो गर्नेछन् । पहिलो चरणमा बागमतीमा माओावादी र सुदुरपश्चिममा एमालेले मुख्यमन्त्री लिनेछन् ।
मधेसमा जसपाले पहिले कि जनमतले भन्ने दुई दलले आपसमा निर्णय गरेर टुंग्याउने सहमती भएको छ । स्रोतका अनुसार प्रदेश नं १ मा एमालेले पाँचै वर्ष र कर्णालीमा माओावदीले पाँचै वर्ष मुख्यमन्त्री पाउने सहमती भएको छ ।

आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।