अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशसभाको सभामुख,उपसभामुखमा यसरी मिल्यो भागवण्डा

प्रदेशसभाको सभामुख,उपसभामुखमा यसरी मिल्यो भागवण्डा


काठमाडौं -सत्ता गठबन्धनको आजको बैठकले प्रदेश सभाका सभामुखबारे भागवण्डा मिलाएको छ । जस अनुसार एमालेले एमालेले मधेस र कर्णाली प्रदेशको सभामुख पाउने भएको छ ।

यस्तै, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ।

बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ।

यस्तै, प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन्।

मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।