अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने

प्रतिनिधि सभाको पहिलो बैठक आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने


काठमाडौं-प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद् बैठक आह्वान गरेकी थिइन्।ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद् बैठक सञ्चालन गर्नेछन्। सभामुख चयन नहुँदासम्म जबराले नै संसद् बैठक चयन गर्नेछन्।

गत मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन्। संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ। संसद्मा १२ दलको प्रतिनिधित्व छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ। त्यसबारे आजै संसद्लाई ज्येष्ठ सदस्य जबराले जानकारी गराउनेछन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।