अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


काठमाडौं-नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १३८ रूपैयाँ ८४ पैसा र बिक्री दर १३९ रूपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ६१ पैसा र बिक्री दर १५७ रूपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।