अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको उपस्थितिमा ग्लोबलले सुरु गर्‍यो एकीकृत कारोबार

प्रधानमन्त्रीको उपस्थितिमा ग्लोबलले सुरु गर्‍यो एकीकृत कारोबार


काठमाडौं-ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतको उपस्थितिमा एकीकृत कारोबार सुरु भएको हो ।

मर्जरपछि पनि बैंकका अध्यक्ष चन्द्र ढकालले अधिकांश सूचकमा देशको पहिलो बैंक बनेको बताउनुभयो । उहाँले देशले लिएको नीतिलाई सहयोग गर्दै २१ वटा बैंक तथा वित्तीय संस्था समाहित भएको बताउनुभयो । ७७ वटै जिल्लामा शाखा सञ्चालन गरेको भन्दै गुणस्तरीय सेवामा कुनै पनि कमि नहुने बताउनुभयो ।

उहाँले समग्र बैंक तथा वित्तीय क्षेत्रको पुँजी तथा लगानी योगदानमा ग्लोबलको मात्रै १० प्रतिशत रहेको बताउनुभयो । एकीकृत कारोबारपछि पनि ग्लोबल आइएमई बैंकबाट कारोबार सुरु गरेको बैंकको चुक्ता पुँजी ३४ अर्ब ४२ करोड पुगेको छ ।

बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, डेभिडेन्टपछिको चुक्तापुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँ बढी पुगेको छ । ग्लोबल आईएमई बैंकमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।