अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : एमाले नेतृत्वको सरकारमा माओवादी तत्काल सहभागी नहुने

प्रदेश १ : एमाले नेतृत्वको सरकारमा माओवादी तत्काल सहभागी नहुने


विराटनगर-नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

केन्द्रीय नेतृत्वले भागबण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको हो ।

सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । प्रदेश १ मा पनि आधारआधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग छ ।

आइतबार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो ।

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आज उहाँको शपथग्रहण छ । आजै उहाँले सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी छ ।