अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंक बैंक मर्जर नीतिको लिडर हो : चन्द्र ढकाल

ग्लोबल आईएमई बैंक बैंक मर्जर नीतिको लिडर हो : चन्द्र ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन् ।

सोमबार बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार सुरु गर्दै उहाँले मर्जरले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले सफल भएको उहाँले बताउनुभयो ।

‘दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकोले हामी मात्रै सफल भएका छैनौं नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाएका छौं,’ उहाँले भन्नुभयो, ‘ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको छ ।’

उहाँले बैंक अफ काठमाण्डुसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक पुँजी, निक्षेप, कर्जा , शाखा सञ्जाललगायत धेरै कुरामा नेपालकै ठूलो बैंक भएका बताउनुभयो ।

उहाँले बैंकको कुल पूँजीकोष करिब ५७ अर्ब, निक्षेप ४ खर्ब १० अर्ब , कर्जा लगानी ४ खर्ब र सम्पत्ती ५ खर्बभन्दा माथि पुगेको बताउनुभयो । यस्तै ४ हजारभन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिहेको उहाँले बताउनुभयो ।

‘ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिब १० प्रतिशत ओगट्ने बैंक बनेको छ,’ उहाँले भन्नुभयो, ‘बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठुला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागि हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको छु ।’

‘पेसा र व्यवसायीको सफलताको सुत्र इमान्दारिता नै हो,’ उहाँले भन्नुभयो, ‘आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता थियो ।’ आईएमई समूहले वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको उहाँले बताउनुभयो ।